– काठमाडौं
नेपालका लागि भारतीय राजदूत मञ्जीभ सिंह पुरीले प्रधानमन्त्री केपी ओलीसँग बिदाइ भेट गरेका छन्। आफ्नो ३ वर्षे कार्यकाल सकिएपछि भारत फर्कने तयारीमा रहेका पुरीले मंगलबार प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका हुन्।
आफ्नी श्रीमतीसँगै प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका पुरीलाई ओलीले करुवा उपहार दिएर बिदाइ गरेका छन्। राजदूत पुरीले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेर कांग्रेसका शीर्ष नेताहरुसँग भेटघाट गरेका थिए।
त्यस्तै केही दिनअघि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र राजपा नेताहरुसँग पनि राजदूत पुरीले बिदाइ भेटघाट गरिसकेका छन्।