दाङ ।
विप्लव नेकपाका २१ जना केन्द्रीय सदस्यहरुलाई दाङ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि उनीहरु कारागार चलान भएका छन् ।
जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलाशले उनीहरुलाई १५/१५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
चन्द्रबहादुर थापा, केशबहादुर बाँठालगायत २१ जना राजपुरको मगराइनाबाट पक्राउ परेका थिए । अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि पुनः पक्राउ गर्ने संभावना देखिएपछि धरौटी नबुझाएका उनीहरु कारागार चलान भएका छन् ।