करोड खर्चेर अबैध बाटो हुदै अमेरिकाको यात्रा, हातमा हत्कडी र विमान चार्टर गरी नेपाल फिर्ता !

काठमाडौं ।

अवैध रुपमा अमेरिका छिर्ने प्रयास गर्दा पक्राउ परेका पाँच नेपालीलाई अमेरिकाले विमान नै चार्टर गरी नेपाल ल्याएर छाडिदिएको छ ।

अमेरिका–मेक्सिको सीमामा विभिन्न समयमा पक्राउ परेका उनीहरुलाई जेल सजायपछि निष्कासन गरी नेपाल फर्काइएको हो ।
उनीहरु रुकुम, दाङ, बाग्लुङ र नवलपरासीका छन् । बुधबार दिउँसो नेपाल अवतरण गराइएका उनीहरुलाई जहाजमा रहँदासम्म हत्कडी लगाइएको थियो ।

केहीले अमेरिका पुग्न एक करोड रुपैंयाँसम्म खर्च गरेको बताएका छन् । तर घरजान उनीहरुसँग बस भाडासमेत थिएन ।

प्रहरीले नै उनीहरुलाई बसभाडा दिएर घर पठाएको छ । अमेरिकाबाट उडेको १३ सिटे विमानमा पाँच नेपाली र तीन पाकिस्तानी नागरिक थिए । तीन पाकिस्तानीलाई उनीहरुको देशमा छाडेपछि नेपाली लिएर काठमाडौं आएको हो

उनीहरुलाई लिन मानव बेचविखन नियन्त्रण ब्यूरोका प्रहरी अधिकारीहरु विमानस्थल पुगेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार