शाकाहारी इन्हर्न कण्डमको लोकप्रियता

काठमाडौं ।

जर्मनका दुई उद्यमी फिलिप सिफर र वाल्डेमर जाइलरले बजारमा शाकाहारी कण्डम ल्याएका छन् । कन्डमको रबरलाई नरम बनाउन प्रयोग हुने चिल्लो पदार्थमा जनावरको शरीरबाट निकालिएको प्रोटिन हुने गरे पनि उनीहरुले उत्पादन गरेको कण्डम प्राकृतिक रुखमा पाइने चिल्लो पदार्थ प्रयोग गरिन्छ ।

सोच बनाएको चार वर्षपछि शाकाहारी ब्राण्डको कण्डम उत्पादन गरेको उनीहरुको इन्हर्न कम्पनीले वार्षिक ५० लाख युरोसम्मको कारोबार गर्न थालेको छ । विशेषगरी भेँडाको आन्द्राबाट कन्डम बनाइन्छ । बजारमा उपलब्ध अधिकांश कण्डम पशु प्रोटिन प्रयोग भएको पाइन्छ ।

तर इन्हर्नमा कुनै प्रकारको प्रोटिन प्रयोग गरिएको हुँदैन । यसमा प्राकृतिक रुखमा पाइने चिल्लो पदार्थ प्रयोग गरिने बीबीसीले उल्लेख गरेको छ । इन्हर्नले गत वर्ष ४५ लाख भन्दा बढी कन्डम विक्री गरेको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार