अष्ट्रेलियामा तीन महिनादेखि लागेको आगो नियन्त्रणमा आउन सकेन , सरकारको आलोचना

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगलागीको संकटमा परेका बेला आफू निजी भ्रमणमा जानु परेको भन्दै माफी मागेका छन् ।

गत सेप्टेम्बरदेखि अष्ट्रेलियाका विभिन्न जंगलमा लागेका आगो नियन्त्रणमा नआइसकेका बेला प्रधानमन्त्री मोरिसन निजी भ्रमणमा गएपछि सर्वत्र आलोचना भएको थियो ।

करिब तीन महिनादेखि जारी रहेको आगलागीका कारण नौ जनाको मृत्यु भइसकेको छ भने हजारौं परिवार विस्थापित भइसकेका छन् ।

लामो समयदेखि आगो नियन्त्रणमा नआउँदा अष्ट्रेलियामा बाक्लो तुवाँलो लाग्नुका साथै अत्याधिक गर्मी बढेको समाचारमा जनाइएको छ ।

जलवायू परिवर्तन र त्यसको असरबारे विश्वव्यापी रुपमा बहस भइरहेका बेला आगलागी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै सरकारको तीव्र आलोचना भइरहेको छ ।

आगो नियन्त्रणका लागि खटिएका स्वयंसेवकहरुको मृत्यु हुँदा पनि सरकार गम्भीर नभएको भन्दै राजधानी सिड्नीमा विरोध प्रदर्शनसमेत भएको छ ।

प्रधानमन्त्री मोरिसनले आगो नियन्त्रणका लागि कसरी प्रभावकारी कदम चाल्ने भन्ने बारेमा गम्भीर छलफल आवश्यक रहेको बताए । एजेन्सी

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार