दैलेख ।
ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई अज्ञात समूहले अपहरण गरेको छ । वडा नम्बर २ को श्रीपाटामा रहेको आफ्नै घरबाट गएराति साढे १२ बजेतिर १५ जनाको समूहमा आएकाे समूहले अध्यक्षको अपहरण गरेको दैलेख प्रहरीले जनाएको छ ।
उनका भाइ हस्त शाहीका अनुसार विप्लव समूहका कार्यकर्ता अपहरण गरेको हुन् । अध्यक्ष शाहीसँगै श्रीमती लिला शाहीलाई पनि उक्त समूहले लिएर गएको छ।
उक्त समूहले भाइ हस्त शाहीलाई पनि आधाबाटोसम्म लगेर साढे १ बजेतिर छोडिदिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार खबर पाएलगत्तै उनीहरुको खोजि कार्य शुरु गरिएको छ ।