लिस्बन ।
पोर्चुगलमा एक सातादेखि आएको मौषम खराबीका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।
आँधीहुरी र भारी बर्षाका कारण ७० भन्दा बढी घरवार बिहिन भएका छन् भने २ को मृत्यु समेत भएको छ । आँधीहुरी र भारी बर्षाका कारण एक जना बेपत्ता भएको खबर छ ।
शुक्रवार रातिसम्म मौषम झनै खराब हुने संकेत देखिएको छ । सरकारी सुरक्षा निकायहरुले सचेत रहन र आपतको समयमा तुरुन्तै सुरक्षा संयन्त्रलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।