एजेन्सी । अष्ट्रेलियामा एक जोडीले घरको फोहोर फ्याँक्ने क्रममा आफ्नो बिहेको औंठी फालेका छन् । फोहोर उठाउने ट्रकलाई खाली गराउँदै ३० टन फोहोरमा उनीहरुले त्यो औंठी खोजे ।
खासगरी शनिबार आफ्नो घरको नवीकरण तथा डेकोरेशन गर्दा सबै फोहोर ट्रकमा राखेर डम्पिङ यार्डमा पठाएका थिए । त्यसै फोहोरको थुप्रोमा जोडीको औंठी पनि गएको थियो । यो घटना मेलबर्नको उपनगर मालवर्नको रहेको छ ।
स्टोनिंगटन सिटी काउन्सिलका प्रवक्ता जिम कार्डनले बताएअनुसार ‘कपलले घरको रिनोवेशनपछि फोहोर उठाउनका लागि फोन गरेका थिए । हाम्रो टिम पुगे र फोहोर लिएर कलेक्शन सेन्टरमा पुगे । त्यसपछि दम्पत्तिलाई ध्यान भयो की गल्तीले उनीहरुले ज्वेलरी बक्स पनि फोहोरमा फ्याँकेका थिए ।
जसमा बिहेको इन्गेजमेन्टको औंठी पनि रहेको थियो । त्यसपछि उनीहरुले कलेक्शन सेन्टरमा फोन गरे, तर कलेक्शन सेन्टर बन्द भइसकेको थियो । हामीले उनीहरुलाई भोलीपल्ट विहानै आउन आग्रह गर्यौँ ।’
तीन घण्टाको मिहिनेतपछि त्यो औंठी भेटियो
कार्डनका अनुसार दम्पत्ति विहान ४ बजे कलेक्शन सेन्टर पुगे । उनीहरु रातभर सुत्न सकेका थिएनन् । त्यसपछि कर्मचारीहरुले उक्त फोहोरको ट्रकलाई खोजे । जसमा ३० टन फोहोर जम्मा भएको थियो ।
औंठी खेज्नका लागि पुरै फोहोरलाई बाहिर निकाले । जसमा फर्निचर, प्लाइवुड र अन्य फोहोरहरु रहेको थियो । करीब ३ घण्टाको मिहिनेतपछि ज्वेलरी बक्स भेटियो । कार्डनले दम्पत्तिलाई सहयोग गर्ने कर्मचारीहरुको प्रशंसा गरे । उनले बताए की यो एक चीज यस्तो चीज हो जुन भावनात्मकरुपमा जोडिएको हुन्छ ।
तर म मानिसहरुलाई अपील गर्न चाहन्छु की उनीहरु यसप्रकारको लापरवाही नगरुन् । किनभने हाम्रो कर्मचारीहरु एकदमै मिहिनेतले काम गर्छन् । पुनः यस्तै घटना दोहोरिएमा फेरि सहयोग गर्न एकदमै मुश्किल हुनेछ ।