एक साता नबित्दै पोर्तुगलमा तीन नेपालीको दुःखद निधन, पोर्चुगलका नेपालीहरु शोकमा !

लिस्बन ।

एक साता नबित्दै पोर्तुगलमा तीन नेपालीको दुःखद निधन भएको खबर छ । यो दुःखद खबरले पोर्चुगलका नेपालीहरु शोकमा डुबेका छन्।१६ डिसेम्बरका दिन राजधानी लिस्बनमा ४७ बर्षीय तोरणबहादुर थापाको आफ्नै डेरामा निधन भएको हो। पोखरा घर भएका स्वर्गीय थापा लिस्बनामा श्रीमती र छोरीछोरा का साथ बस्दै आएका थिए । स्वर्गीय थापाका परिवार पोर्चुगलमै भएकोले उनको अन्तिम दाह संस्कार पोर्तुगलमै गरिने भएको छ ।

डिसेम्बर ८ मा नुवाकोटका ४१ वर्षीय नवीनकुमार पाठकको उपचारका क्रममा निधनभएको थियो। स्वर्गीय पाठकको ११ डिसेम्बरमा सिमितेरियो मुनिसिपल दी क्यामारातमा अन्तिम दाह संस्कार सम्पन्न भएको थियो ।

त्यस्तै १० डिसेम्बरका दिन एक वर्षअघि पोर्तुगल आएका २९ वर्षीय एक पोखरेली युवकको उनकै कोठामा मृत अवस्थामा भेटिएका थिए परिवारको अनुरोधमा उनको बिवरण सार्वजनिक गरिएको छैन। उनको शव जोजे जुआकिम फेर्नान्दीस अस्पताल बेजामा राखिएको छ । परिवारको अनुरोधमा उनको पार्थीव शरीर नेपाल पठाउन पहल भईरहेको एनआरएनए ले जनाएको छ।

एनआरएनए पोर्तुगलले मृतक थापा र बस्नेतको शव व्यवस्थापनका लागि स्वेच्छिक आर्थिक सहयोगका लागि अनुरोध गरेको छ।

सन् २०१० यता पोर्चुगलमा ज्यान गुमाउने नेपालीहरुको संख्या ३० पुगेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार