सांगीतिक कार्यक्रमले गाउँमा एम्बुलेन्स !

– दिवाकर भण्डारी, पथलैया |

बाराको पथलैयामा सांगितिक कार्यक्रम(कन्सर्ट)बाट उठेको रकमले एम्बुलेन्स किनिएको छ। गत वर्ष पथलैयामा आयोजना भएको सांगितिक कार्यक्रमबाट युवाले गाउँका लागि एम्बुलेन्स खरिद गरेका छन्।

करिब १७ लाख मूल्यमा खरिद गरिएको एम्बुलेन्सको एक कार्यक्रमकाबीच जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा.कृष्ण पौडेलले उद्घाटन गरेका हुन्। एम्बुलेन्सको उद्घाटन गर्दै नगर प्रमुख डा.पौडेलले सांगितिक कार्यक्रम गरेर एम्बुलेन्स खरिद गर्न युवाले देखाएको सक्रियताको प्रशंसा गरे।

‘सांगितिक कार्यक्रमबाट मानविय कार्यमा टेवा पुर्‍याउने काम युवाबाट भएको छ, यो अत्यन्तै प्रशंसनीय छ’, नगरप्रमुख डा.पौडेलले भने,‘सामाजिक विकास र रुपान्तरणमा युवाको भूमिका अहम हुन्छ भन्ने उदाहरण पनि यसले दिएको छ।’

नगरप्रमुख डा.पौडेलले एम्बुलेन्स खरिद र सञ्चालनका लागि उपमहानगरपालिकाको कार्यलयले पा“च लाख रकम उपलब्ध गराउने घोषणासमेत गरे। एम्बुलेन्स खरिदसँगै यसको सञ्चालन र ब्यवस्थापन अत्यन्तै चुनौतीपूर्ण रहने भन्दै डा.पौडेलले मानविय सेवाका निम्ति एम्बुलेन्सलाई नियमित संचालन गर्न निति बनाएर अघि बढ्न युवालाई सुझाए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार