पार्टी मिल्यो, मन अझै मिलेन : प्रचण्ड निवासमा पूर्वमाओवादीको गोप्य बैठक, एमालेसँग कहिल्यै नझुक्ने

काठमाडौँ।

खुमलटारसथित पुष्पकमल दाहाल प्रचण्डको निवासमा पूर्वमाओवादी नेताहरुको बैठक बसेको छ ।

जारी स्थायी समिति बैठकमा पूर्वमाओवादीको तर्फबाट समान धारणा राखिनुपर्ने प्रस्तावसहित उनीहरु सोमबार बिहान प्रचण्ड निवास पुगेका हुन् । स्थायी समिति बैठकका क्रममा पूर्वएमाले समूहसँग नझुक्ने प्रचण्डलाई उनीहरुको सुझाव थियो ।

रामबहादुर थापा बादल, हरिवोल गजुरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा लगायत दर्जन बढी नेताहरु बैठकमा सहभागी थिए ।
हाल नेकपाको स्थायी समितिमा पूर्वमाओवादीका तर्फबाट १९ जना नेता छन् । तीमध्ये अधिकांश नेताहरु सोमबार खुमलटार पुगेका थिए ।

गत वर्षको स्थायी समिति बैठकमा पनि पूर्वमाओवादीका नेताहरुको तर्फबाट समान धारणा आएको थियो । सोही अनुरुप धारणामा एकरुपता ल्याउनुपर्नेमा उनीहरुको
छलफल केन्द्रित थियो ।

बैठकमा नेताहरुले सभामुख पद पूर्वएमालेका लागि छाडिएको बारे जिज्ञासा राखेका थिए । प्रचण्डले भने सभामुखबारे कुनै सहमति भइनसकेको र सामान्य छलफलको रुपमा मात्रै रहेको प्रतिक्रिया दिएका थिए ।

बैठकमा सहभागी नेताहरुले प्रत्यक्ष निर्वाचित सांसद र स्थायी समितिमा भएकालाई मात्रै सभामुख बनाउन अडान लिनुपर्ने सुझाव दिएका थिए । उनीहरुको यो प्रस्ताव स्थायी समिति बैठकबाट पारित भएमा उपसभामुख शिवमाया तुम्बाहाम्फेका लागि सभामुख बन्ने बाटो बन्द हुनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार