लिस्बन।
विदेशी र सीमा (अध्यागमन) सेफको कार्यालयले शुक्रबार देशको उत्तरमा दुई नाइट क्लबहरुमा ” अन्तिम दौड ” नामक सर्च अप्रेशन गरेको छ। सो अप्रेशनका क्रममा पोर्चुगलमा गैर कानुनी रुपमा बसोवास गरेको आरोपमा नौ विदेशी नागरिकलाई पक्राउ गरेको छ।पक्राउ परेका सबै महिलाहरूलाई न्यायिक अदालतमा उपस्थित गराईएको छ भने ५ जनालाई तुरुन्तै देश निकालाको आदेश दिएको छ।
अपरेसन “अन्तिम दौड ” को परिणामस्वरूप वेश्यावृत्ति र वेश्यावृत्तिको अभ्यासमा ३३ विदेशी नागरिकहरूको पहिचानका साथै ९ जना पक्राउ र ५ जनालाई देश निकाला आदेश दिईएको हो।सेफले गरेको यो आपरेशन विशेष गरी आप्रवासीहरुलाई अवैध श्रम शोषण, वेश्यावृत्तिमा शोषण र यौन शोषणमा संलग्न व्यक्तिहरूको पहिचान र रोकथाममा अवैध आप्रवासलाई रोक्न सहयोग पुर्याउन महत्वपूर्ण रहेको सेफको दाबी छ।