काठमाडौ।
काठमाडौँ महानगरपालिकाका पहिलो मेयर जनकमान श्रेष्ठको निधन भएको छ ।शुक्रबार विहान ७ बजे ९२ वर्षको उमेरमा उनकै निजि निवास टेकुमा निधन भएको हो ।श्रेष्ठ लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित थिए । वि. सं २०१० सालमा उनी पहिलो पटक काठमाडौँ नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।
श्रेष्ठको दाहासंस्कार शुक्रबारै पशुपति आर्यघाटमा गरिएको छ । श्रेष्ठ वि. सं. २०१६ सालमा चिसापानी इलाका अदालत र विशेष अदालतको न्यायधिससमेत बनेका थिए ।