पदक प्राप्त खेलाडीलाई नगरपरिक्रमा

काठमाडौं ।

नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा गराइएको छ ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले खेलाडीहरुलाई अविर र फुलमाला लगाएपछि परिक्रमा शुरु गरिएको थियाे ।

खेलाडीहरुलाई काठमाडौं, ललितपुर भक्तपुरका विभिन्न स्थानमा नगरपरिक्रमा गरिने कार्यतालिका रहेपनि मौसमको खराबीका कारण कार्यक्रम छोटो पारिएको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिनाले बताउनुभयो ।

उपाध्यक्ष तिमल्सिनाका अनुसार परिक्रमा राखेपको परिसरबाट शुरु भएर न्युरोड, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली हुँदै त्रिपुरेश्वरसम्म गरिएको थियो ।

उहाँले सागमा पाएको सफलताले खुसीसँगै चुनौतीहरु पनि थपेको बताउनुभयो । प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्न खेलाडी र उनीहरुका अभिभावकको ठुलो सहयोग रहेको उपाध्यक्ष तिमल्सिनाको भनाइ छ ।

मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको सागमा नेपालले ५१ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार