काठमाडौं।
बेलायतको लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा नेपाल सुन्दरीले अवार्ड जित्न सफल भएकी छन्। नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी अनुष्का श्रेष्ठले गतिलो सफलता हात पार्दै मल्टिमिडिया अवार्ड जितेकी हुन्।
मिस नेपाल अुनष्का ‘हेड टु हेड च्यालेन्ज’को दोस्रो चरण पार टप टेनमा पुगेकी छन्। उनले हेड टु हेड च्यालेन्जबाट अन्तिम १० मा पुगेपछि शनिबार हुने फाइनल राउन्डका लागि उनलाई बाटोो खुलेको हो। उनी ‘ब्यूटी विथ पर्पोज’ विधामा पनि टप १० मा पुगेकी थिइन्।
हेड टु हेडबाट अन्तिम १० मा पुगेसँगै अनुष्काले शनिबार हुने मिस वर्ल्डको फाइनल राउन्डमा शीर्ष ४० प्रतिस्पर्धीसँगै प्रतिस्पर्धा गर्नेछिन्।
मिस वर्ल्डमा नेपालसहित विश्वभरबाट एक सय २५ देशका सुन्दरी सहभागी छन्। मिस वर्ल्डको फाइनल प्रतिस्पर्धा डिसेम्बर १४ तारिखमा हुँदैछ।