लिस्बन।
एस्ट्रेला काउन्सिलले शहर सफा राख्न ” फोहोरलाई फोन गर ” अभियान शुरु गरेको छ।
एस्ट्रेला काउन्सिलले ” फोहोरलाई फोन गर ” Call The Trash नामको एप्लिकेशन बनाएको छ , जुन स्मार्टफोनका लागि बनाईएको हो। यदि तपाईं लिस्बनको ईस्ट्रेलाको सडकहरू हिड्दै गर्दा कहिकतै फोहोर देख्नुभयो भने कृपया तस्विर लिनुहोस्। त्यो तस्बिर सो एपमा अपलोड गर्नुहोस् र बिवरण भर्नुहोस्।
काउन्सिलले चुनौती दिएको छ कि , कही कतै फोहोर देखिए काउन्सिलले निशुल्क उठाउनेछ। एस्ट्रेला काउन्सिलले राजधानीको यस क्षेत्र सफा राख्न चलाएको च्यालेन्ज अभियान हो यो ।