-एजेन्सी
अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल बनेको छ। जसमा महिला भलिबल खेलाडी मैदानमै आफ्नो बच्चालाई स्तनपान गराइरहेकी देखिन्छन्।ती महिला खेलाडीको यस्तो कामलाई धेरैले प्रशंसा गरेका छन्।
यो तस्वीर मिजोरमकी भलिबल खेलाडी ललबेन्टुलान्गीको हो। उनले खेल्ने क्रममा विश्राम लिएर बच्चालाई दूध खुवाएको देखिन्छ।यो तस्वीरलाई एक फेसबुक प्रयोगकर्ता निंग्लुन हन्गलले सार्वजनिक गरेका थिए। ती खेलाडी आफ्नो सात महिने बच्चाका साथ खेलाडीहरुको बन्द शिविरमा पुगेकी थिइन्।उनले प्रशिक्षण खेलको क्रममा बच्चालाई दूध खुवाएकी थिइन्।