ट्रम्पमाथि दुई बुँदे महाभियोगको तयारी

वाशिङ्टन डीसी (अमेरिका) ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि विपक्षी डेमोक्रेटले दुई बुँदे महाभियोग लगाउने भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरे अनुसार डेमोक्रेटले ट्रम्पले शक्तिको दुरुपयोग गरेको र संसदको कारवाहीमा अवरोध सृजना गरेको अभियोग लगाउने तयारी गरेको हो ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभको न्यायिक समितिमा नौ घण्टासम्म सुनुवाई चलेको थियो । उक्त सुनुवाईको क्रममा ट्रम्पमाथि महाभियोगको सोधपुछबाट प्राप्त भएको प्रमाणको विषयमा छलफल भएको थियो । ट्रम्पमाथि विपक्षी डेमोक्रेटका नेता तथा पूर्व उपराष्ट्रपति जो बाइडनमाथि अनुसन्धान गर्न युक्रेनलाई दबाब दिएको
आरोप छ ।

सुनुवाईको क्रममा विपक्षीले व्यक्तिगत स्वार्थका लागि ट्रम्पले राष्ट्रपतिको शपथ लिँदा गरेको वाचा पूरा गर्न नसकेको बताएका थिए । त्यसका साथै तल्लो सदनले गरेको महाभियोगको सोधपुछलाई पनि अस्वीकार गर्नुले उनीमाथि संसदको काममा पनि अवरोध पुर्‍याएको अभियोग पनि लगाइनुपर्ने आवाज उठेको थियो । सोमवार सभामुख नेन्सी पेलोसीले मंगलवार सदनको महाभियोग सोधपुछको आगामी कदमबारे नेताहरूले घोषणा गर्ने बताएकी थिइन् । एजेन्सी

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार