लिस्बन।
पोर्चुगलमा एक नेपालीको दु:खद निधन भएको छ।
उज्ज्वल भविष्यको खोजीमा बैदेशिक रोजगारीमा बिगत ६ बर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउदै आएका नुवाकोटका ४१ बर्षीय नबिन पाठकको उपचारको क्रममा आइतवार निधन भएको हो। स्वर्गीय पाठक टाउकोको अर्बुदरोगबाट ग्रसित थिए।
स्वर्गीय पाठककी पत्नी पोर्चुगलमै छिन् भने एक छोरा र एक छोरी नेपालमा छन् ।
स्वर्गीय पाठकको आत्माको चिर शान्तिकाे कामना गर्दै भोली अन्तिम श्रद्दान्जली अर्पण गरिने गैह्र आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले जनाकारी दिएका छन्। स्वर्गीय पाठकको अन्तिम श्रद्दान्जलीमा सहभागी भईदिन संघले सम्पुर्ण नेपालीहरुलाई अनुरोध गरेको छ।
सन् २०१० देखि हालसम्म पोर्चुगलमा अकालमा ज्यान गुमाउने नेपालीहरुको संख्या ३० पुगेको छ।
स्थान : National Institute of Medicine , Rua manuel Bento Sousa 3 ,1150-334 Lisboa
मिति : ११ डिसेम्बर २०१९, बुधवार
समय : दिउसो १४:०० देखि १४:४५ बजेसम्म