भारतले नेपालको सीमा अतिक्रमण गरी आफ्नो राजनैतिक नक्सामा नेपालको कालापानी, लिपुलेक भूभाग समाबेश गरी सार्वजानिक गरेपछि देश बिदेशमा रहेका नेपालीहरुले भारत सरकारको त्यस कदमको विरोध गरिरहेको सन्दर्भमा पोर्तुगलमा पनि गैरआवासीय नेपाली संघको आव्हानमा पोर्तुगलका सबै नेपाली संघ संस्थाहरुले ऐक्यबद्धता जनाउदै पोर्तुगल स्थित भारतीय दुताबास अगाडी एक सांकेतिक विरोध कार्यक्रमको आयोजना गर्यो। भारतीय विस्तारवाद बिरुद्ध पोर्चुगलस्थित भारतीय दुतावासकै अगाडी भएको बिरोध कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा उल्टो प्रदर्शन गरिएपछि संघको लापरवाहीको चौतर्फी आलोचना भयो।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समानवय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरेलाई नेपाली झन्डा उल्टो प्रदर्शन गरेकोमा अबिलम्ब घटनाको नैतिक जिम्मेवारी लिएर आत्मालोचना गर्दै सबै नेपालीहरु समक्ष माफी माग्न नेपाली समाज पोर्चुगलले चेतावनी दिएको छ । नेपाली समाज पोर्तुगलले यदि यो चेतावनीको वेवास्ता गरेमा गैरेविरुद्ध नेपालको राष्ट्रिय झण्डाको अपमान र दुरुपयोग गरेको कसुरमा नेपालको प्रचलित कानुन बमोजिम उपचार खोज्न वाध्य हुने स्पष्ट पारेको छ ।
नेपाल देशको राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भएको उक्त वाह्य हस्ताक्षेप विरुद्धको बिषयमा सबै नेपालीहरु एक ठाउँमा उभिएर विरोधको आवजलाई बुलन्द गर्नु र प्रवासमा त्यसलाई गैरआवासीय नेपाली संघले समन्वय गरेर नेतृत्व दिन खोज्नु आफैमा स्वागतयोग्य कुरा नै हो । तर देशकै राष्ट्रिय झण्डा उल्टो प्रदर्शन गर्नुले राष्ट्रिय झण्डाको दुरुपयोग र अपमान भएको नेपाली समाज पोर्चुगलको ठहर छ।
समाजका अध्यक्ष सोम शेर्पा र महासचिव ईश्वर पाण्डेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा चेतावनी दिइएको छ, ‘यदि यो विज्ञप्तीको मर्मलाई वेवास्त गरेमा, आयोजक संस्था र त्यसका अध्यक्ष तिलक गैरेविरुद्ध नेपालको राष्ट्रिय झण्डाको अपमान र दुरुपयोग गरेको कसुरमा नेपालको प्रचलित कानुन बमोजिम उपचार खोज्न सबै देशभक्त नेपालीहरुलाई आव्हान गर्न हामी बाध्य हुने व्यहोरा समेत यसै विज्ञप्ती मार्फत स्पष्ट गर्न चहान्छौं ।’
हेर्नुस् बिज्ञप्ती जस्ताको त्यस्तै !
मितिः २३ मसिर २०७६
छिमेकी मुलुक भारतले नेपालको सीमा अतिक्रमण गरी आफ्नो राजनैतिक नक्सा सार्वजानिक गरेपछि सर्वत्र नेपालीहरुले त्यस भारतीय कदमको विरोध गरिरहेको सन्दर्भमा हालै पोर्तुगलमा पनि गैह आवासीय नेपाली संघको आव्हानमा पोर्तुगलका सबै नेपाली संघ संस्थाहरुले ऐकवद्धता जनाउदै पोर्तुगल स्थित भारतीय दुताबास अगाडी एक सांकेतिक विरोध कार्यक्रमको आयोजना गरेको सबैलाई थाहै छ । नेपाल देशको राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भएको उक्त वाहृय हस्ताक्षेप विरुद्धको बिषयमा सबै नेपालीहरु एक ठाउँमा उभिएर विरोधको आवजलाई बुलन्द गर्नु र प्रवासमा त्यसलाई गैह्र आवासीय नेपाली संघले समन्वय गरेर नेतृत्व दिन खोज्नु आफैमा स्वागतयोग्य कुरा नै हो । तर , पोर्तुगलमा गत १८ मंसिर २००६ का दिन राष्ट्रिय स्वाधीनता र अखण्डतामाथिको वाहृय हस्ताक्षेप विरुद्ध गैह्र आवासीय नेपाली संघ पोतुगलले आव्हान गरेको उक्त कार्यक्रममा नेपाली राष्ट्रिय झण्डा कै घोर अपमान गर्दै दुरुपयोग गरिएको प्रति नेपाली समाज पोर्तुगलको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालको राष्ट्रिय झण्डालाई उल्टो पारेर उक्त कार्यक्रममा प्रदर्शन भएको बिषय जब विभिन्न संचार माध्यमहरुबाट सार्वजानिक भयो , त्यसपछि सो कार्य विरुद्ध विश्वभरीबाट सर्वत्र आलोचनात्क टिकाटिप्णीहरु भईरहेको सन्दर्भमा पनि उक्त कार्यक्रम आयोजना गर्ने संस्था गैह्र आवासीय नेपाली संघ पोर्तुगल मौन बसिरहनु , उक्त गम्भीर गल्तीलाई नैतिक जिम्मेवारी लिएर स्वीकार गर्दै आत्मालोचना गर्न नखोज्नु र कार्यक्रममा उल्टो झण्डा प्रदर्शन पनि गैह्र आवासीय नेपाली संघ पोर्तुगलका पदाधिकारीहरु कै सामुन्नेमा हुनुले कार्यक्रम आयोजक गैह्र आवासीय नेपाली संघ पोर्तुगलप्रति नै थप आशंका पैदा हुने अवस्था सिर्जना भएको छ , र त्यसप्रकारको घृणित हर्कतको नेपाली समाज पोर्तुगल खेद प्रकट गर्दछ । साथै , अभिलम्ब उक्त कार्यक्रम आयोजकले त्यस घटनाको नैतिक जिम्मेवारी लिएर आत्मालोचना गर्दै सबै नेपालीहरु समक्ष माफी माग्नुपर्ने कुरा जोडदार रुपमा उठाउन चहान्छौं ।
यदि यो विज्ञप्तीको मर्मलाई वेवास्त गरेमा , आयोजक संस्था र त्यसका अध्यक्ष तिलक गैरे विरुद्ध नेपालको राष्ट्रिय झण्डाको अपमान र दुरुपयोग गरेको कसुरमा नेपालको प्रचलित कानुन बमोजिम उपचार खोज्न सबै देशभक्त नेपालीहरुलाई आव्हान गर्न हामी बाध्य हुने व्यहोरा समेत यसै विज्ञप्ती मार्फत स्पष्ट गर्न चहान्छौं ।
ईश्वर पाण्डे सोम शेर्पा
महासचिव अध्यक्ष
यो पनि !