निर्मला हत्या प्रकरण : अनुसन्धानको पाटो दिलीपतिरै उल्टियो

कञ्चनपुर|

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलपसिंह विष्टवरिपरि घुमिरहेको छ। निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण घाँटीमा बिझेको काँडासरह अनुभूति भइरहेका बेला प्रहरीले पछिल्लो पटक अनुसन्धानको सुई विष्टतर्फ घुमाएको हो।

केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख डिआइजी निरजकुमार शाहीलाई लिएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं सुदूरपश्चिमको भ्रमणमा गएका थिए। गत हप्ता नै प्रहरीले सो घटना सुल्झाउने गरी आशंकित व्यक्ति पक्राउ गर्ने तयारी थालेको थियो। प्रहरी महानिरीक्षक खनाल सिआइबीका प्रमुख डिआइजी शाहीलाई लिएर धनगढीसम्म पुगेर आएलगत्तै विष्टलाई पक्राउ गर्ने तयारी भएको थियो। तर त्यहाँ खटिएका केही अधिकृतहरूको सुझावलाई ध्यानमा राखेर केही समयलाई पछि सारिएको छ।

पत्रिकामा बिपी प्रतिष्ठानमा किर्ते चेक काण्डमा एमबिबिएस विद्यार्थीसहित बैङ्क कर्मचारी पक्राउ परेको समाचार छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट बिना आधार र बिना टिप्पणी चेकमार्फत चार लाख ८० हजार रकम झिकिएको विषयमा प्रहरीले प्रतिष्ठानकै दुईजना विद्यार्थी र बैङ्कका दुई जना कर्मचारी पक्राउ गरेको छ । किर्ते चेक साटेको अभियोगमा प्रतिष्ठानकै एमबिबिएस अध्ययनरत प्रभात कापडी र विश्वश झा र सिरहाको मिर्चैयास्थित सनराइज बैङ्कमा कार्यरत कर्मचारी अजयकुमार कर्ण र देवराज तिम्ल्सेना पक्राउ परेका छन् । डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार घटनामा हालसम्म प्रतिष्ठानमै एबिबिएस अध्ययनरत तीनजना विद्यार्थी मुख्य दोषी देखिएका छन् । अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार