लिस्बन।
विदेशी र सीमा सेवा अध्यागमन प्रहरी सेफले लिस्बन र पोर्तो एयरपोर्टमा १-१ गरी दुई जना बिदेशी नागरीकहरुलाई नक्कली पासपोर्टसहित पक्राउ गरेको छ।
नक्कली पासपोर्टमा लिस्बनबाट लण्डनको लागि उडान भर्नैलाग्दा एयरपोर्टमै सेफले एकजनालाई गिरफ्तार गरेको हो। पक्राउ परेका उनीसंग हंगेरीको नक्कली पासपोर्ट भएको सेफले जनाएको छ।
पोर्टो एयरपोर्टमा पनि अध्यागमनले अर्का २५ बर्षीय विदेशी नागरिकलाई नक्कली पासपोर्टको आरोपमा पक्राउ गर्यो। उनीसंग नक्कली इटालियन परिचयपत्र लिएर लन्डन चढ्न तयारी गर्दै थिए।
पक्राउ परेका दुबैलाई नक्कली कागजात र जालसाजीको अभियोगमा अदालतमा मुद्दा चलाईएको छ। पक्राउ परेका दुई बिदेशी नागरिक कुन देशका थिए भन्ने जानकारी सेफले खुलाएको छैन।