अस्ट्रेलियामा एक नेपाली युवा बाथरुममा मृत फेला

सिड्नी|

अस्ट्रेलियामा एक नेपाली युवाको निधन भएको छ । निधन हुनेमा तनहुँ जिल्ला घर भएका दीपेन्द्र खनाल रहेका छन् । अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका उनी डिसेम्बर २ तारिखका दिन बाथरूममा मृ’त फेला परेका हुन् । उनलाई आफ्नै घरको बाथरूममा झु’ण्डिएको अवस्थामा फेला पारिएको जनाइएको छ ।
सन् २००८ मा अष्ट्रेलिया आएका उनी पछिल्लो समय एक्लै एक्लै बस्न रुचाउने भएका थिए । उनीसँगै एउटै घरमा विगत १८ महिनादेखि बसोबास गर्दै आएका अनिल श्रेष्ठले पछिल्लो ६ महिनादेखि उनी परिवर्तन भएको एमएनटीभीलाई बताए । उनले भने, “दाई अलि एक्लै बस्न रुचाउने, कसैसँग फोनमा पनि कुरा नगर्ने, सम्पर्क पनि नगर्ने गर्नुहुन्थ्यो । हरेक पर्सनल कुरा हामीले सोध्न मिलेन । तर, केही समस्यामा हुनुहुन्थ्यो कि ? थाहा भएन ।”

अनिलका अनुसार घटनाको अघिल्लो रात नै उनीहरु सबैले सँगै खाना खाएका थिए । अनिल भन्छन्, “हामी पछिल्लो ढोकाबाट भित्र छिरेर हेर्दा दाईको फोन बाहिरै थियो । त्यसपछि मेरो श्रीमतीले उहाँलाई बाथरुममा झुण्डिएको अवस्थामा देखेकी हुन् । यसपछि हामीले प्रहरीलाई खबर गर्यौं ।”
अहिले खनालको शव पोष्टमार्टमका लागि राखिएको छ । पोष्टमार्टम लगत्तै उनको शवलाई परिवारको चाहना अनुसार नेपाल लैजाने तयारी गरिएको छ । सन् २००८ मा विद्यार्थीका रुपमा अष्ट्रेलिया आएका उनले केही समय पछि नै प्रोटेक्सन भिसा एप्लाई गरेको उनको नजिकको श्रोतहरुले बताए । त्यसपछिको अवस्थाबारे खासै उनले कसैलाई केही बताएका थिएनन् ।
यो घटनाका विषयमा नेपालमा परिवारलाई खबर गरिसकिएको छ ।शव पोष्टमार्टमका लागि राखिएको र नेपाल पठाउने तयारी भइरहेको जनाइएको छ । बाथरूममा मृ’त अवस्थामा फेला परेपछी उनका साथिले प्रहरीमा खबर गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार