बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिडले हात पार्यो शीर्ष स्थान !

स्पेन।

स्पेनिस ला लिगामा स्पान्योललाई हराउँदै रियल म्याड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।शीर्ष स्थानमा रहेको बार्सिलोनालाई तीन अंकले पछि पार्दै रियल शीर्ष स्थानमा उक्लिएको हो । मड्रिडका लागि पहिलो हाफको ३७औं मिनेटमा राफेल र दोस्रो हाफको ७९औं मिनेटमा करिम बेञ्जिमाले गोल गरे ।

८३औं मिनेटमा मड्रिडका मेण्डेले रातो कार्ड पाउँदै बाहिरिए पनि स्पान्योलले यसको फाइदा उठान सकेन । जितसँगै म्याड्रिड १५ खेलबाट ३४ अंक जोडेको छ ।शनिबार राति नै बार्सिलोना पनि आफ्नो १५औं खेल खेल्दैछ । बार्सिलोनाले रियल माल्लार्कोलाई पराजित गरे पुनः शीर्ष स्थान कायमै रहने संभावना हुन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार