काठमाडौं । चर्चित पत्रकार एवं लोकप्रिय कार्यक्रम सीधा कुरा जनतासंगको प्रस्तोता रवि लामिछानेले अब केही ‘फरक’ केही ‘विशेष’ गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सटिक र निर्भिक प्रस्तुतिका कारण चाँडै सबैमा छाउन सफल भएका लामिछानेले शनिबार आफ्नो फेसबुक वालमा राजनीति अहिले होइन भन्दै अझै केही ‘फरक’ केही ‘विशेष’ गरेर देखाउने प्रतिबद्धता जाहेर गरेका हुन् ।
https://www.facebook.com/voiceofnepaltv/videos/2584188278477901/
के हो ‘फरक’ र के हो विशेष अहिले केही नखुलाइए पनि उनको यो प्रस्तुत हनेवाला फरकपनको प्रतीक्षा आम नेपाली जनताले शनिबार देखि नै गर्न थालिसकेका छन् ।
उनका शुभेच्छुकहरुले उनको यो घोषणाको स्वागत गर्दै शुभकामना पनि दिन थालेका छन् ।