अभिनेत्री ऋचा शर्मा बाँधिइन् विवाह बन्धनमा

काठमाडौं।

कलाकार ऋचा शर्माले विवाह गरेकी छिन् ।उनले लबिम मलका जेनेरल मेनेजर दीपेक्ष विक्रम राणासँग शनिबार विवाह गरेकी हुन् । शर्मा र राणाले डेढ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।

फस्र्ट लभबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी ऋचाले लुट, मेरो लभ स्टोरी, भिसा गर्ल, टलकजंग भर्सेस टुल्के, उमा, सुनकेसरी लगायत करीब दुई दर्जन बढी फिल्ममा अभिनय गरेकी छिन् ।

उनले हाम्रो टीम नामक टेलिशृंखलामा अभिनयका साथै दर्जनौं म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।ऋचाले फेसबूक वालमा फोटो सार्वजनिक गर्दै सबैको माया र आशीर्वादको अपेक्षा गरेको बताएकी छिन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार