काठमाडौं ।
अञ्जली चन्दको उत्कृष्ट बलिङसँगै नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पारेको छ । र, १३औं दक्षिण एसियाली खेदकुद -साग)को महिला क्रिकेटमा काश्य कदक जितेको छ ।पोखरा मैदानमा भएको खेलमा नेपालले कमजोर टिम माल्दिभ्सलाई ८ रनमा अलआउट गरेको थियो ।
नेपालकी अञ्जलीले घातक बलिङ गरिन् । ४ ओभर बलिङ गरेकी उनले ३ मेडन राख्दै मात्र १ रन खर्चिर ४ विकेट लिइन् । समूह चरणमा माल्दिभ्सविरुद्ध नै उनले १३ बलमा रन नै नदिई ६ विकेट लिएर विश्व कीर्तिमान बनाएकी थिइन् ।यस्तै कप्तान रुविना क्षेत्री र सीता राना मगरले समान २-२ विकेट लिएकी छन्, ९ रनको लक्ष्य मात्र नेपालले मात्र ७ बलमा विना विकेटको क्षतिमा भेट्टायो ।