१३ औं साग : सञ्जु चौधरीले भारोत्तोलनमा दिलाइन नेपाललाई ऐतिहासिक स्वर्ण

काठमाडौं ।

जारी १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत भारोत्तोलनको महिलाहरुको स्पर्धामा पनि नेपालले अर्को इतिहास लेख्न सफल भएको छ ।

भारोतोत्तलनको महिलातर्फको स्पर्धामा अहिलेसम्म साग खेलकुदमा स्वर्ण पदक जित्न नसकेको खडेरीलाई सञ्जु चौधरीले तोडेकी छिन् ।

पोखरामा जारी भारोत्तोलनको स्पर्धा अन्र्तगत सञ्जुले ५९ केजी तौल समुहमा स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

सञ्जुले क्लिन एण्ड जर्कमा ९७ र स्न्याचमा ७४ गरी कुल एक सय ७१ तौल उचालेकी थिइन । यो सफलतासंगै सागमा भारोत्तोलनत स्वर्ण जित्ने सञ्जु पहिलो महिला खेलाडी बन्न समेत सफल भएकी छिन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार