चितवन मेडिकल कलेजमा विद्यार्थीहरुले लगाए ताला !

चितवन । आन्दोलित विद्यार्थीले चितवन मेडिकल कलेज (सीएमसी)को शिक्षण युनिटमा तालाबन्दी गरेका छन् ।

विहीबार प्रहरी प्रशासनले जबरजस्ती ताला खोलेपनि आन्दोलित विद्यार्थीहरुले प्रहरीले ताला फोडेको केही घण्टामै पुनः ताला लगाएका हुन् ।

विगत चार महिनादेखि विद्यार्थीहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा आन्दोलन गर्दै आएका छन् । लामो समयदेखि कलेजको शिक्षण युनिटमा लागाइएको ताला प्रहरी प्रशासनले विद्यार्थीलाई जानकारी नगराई फोडेको थियो ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरुले कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग राख्दै गत भदौ १८ गतेबाट ताला लगाएका थिए । विद्यार्थीहरुले लगाएको ताला बीचमा पटक–पटक खोलेपनि विद्यार्थीहरुबाट असुलेको अतिरिक्त रकम फिर्ता वा समायोजनमा नभएपछि विद्यार्थीहरुले दबाब स्वरुप ताला लगाएको विद्यार्थीहरुको भनाइ छ ।

विद्यार्थीहरुले चिकित्सा शिक्षा संर्घष समितिनै गठन गरेर कलेजले विद्यार्थीबाट बढी असुल गरेको रकम फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताउदै आएका छन् ।

मान्यता थापाले भनिन्–‘अतिरिक्त शुल्क फिर्ता गर्ने कुरामा भन्दा बढी कसरी हुन्छ विद्यार्थीलाई दमन गरेर आन्दोलन मत्थर बनाउन सकिन्छ, भन्ने पक्षमा कलेज प्रशासन देखिएको छ ।’

उनले थपिन्–‘विहीबार प्रहरी प्रशासन आएर हामीले लगाएको ताला फोड्यो । हामीले तेस्को विरुद्धमा धर्ना दिदा प्रहरीले हामी माथी लाठी चार्ज ग–यो । हामीले आफूबाट कलेज प्रशासनले बढी असुल गरेर रकम फिर्ता मागेका थियौ, तर कलेजले प्रहरी प्रशानको साहारा लिएर लाठी नै भाँच्चिने गरी कुटे ।’

चिकित्सा शिक्षा शास्त्रको प्रथम बर्षको परीक्षा चलिरहेको बेला होस्टेलभित्र छिरेको प्रहरीको लाठी चार्जबाट दुई विद्यार्थी घाइते भएको थिए । प्रहरीको कुटाईबाट एमबीबीएस दोश्रो बर्षमा अध्यानरत पिसजोन जोशी र एमबीबीएस प्रथम बर्षकी भावना राजवंशी रहेका छन् ।

उपचारपछि उनीहरु दुवै शिक्षण युनिटमा फर्किएका छन् । चिकित्सा शास्त्रमा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले परीक्षा नै बहिष्कार गरेका छन् ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सरकार र मेडिकल माफिया मिलेर विद्यार्थीको आन्दोलन तुहाउने गरी गरेको सहमति आफूहरुलाई मान्य नहुने भन्दै आन्दोलनलाई जारी राखेका हुन् ।

सबै विद्यार्थीहरुबाट बढी लिएको शुल्क फिर्ता तथा समायोजन नभएसम्म आन्दोलन जारी रहने भन्दै परीक्षा बहिष्कार गरेको विद्यार्थी मान्यता थापाले बताइन् । चिकित्सा शिक्षा स्नातक तह प्रथम बर्षमा अध्ययनरत विद्यार्थीले बुधबारबाट सुरु भएको बोर्ड परीक्षा बहिस्कार गरेका हुन् ।

बुधबारबाट सुरु भएको प्रथम बर्षको परीक्षाको पहिलो दिन बी फार्मेसी, बीएसआइटी, बीएससीएमएलटी, बीएएसएलपी, वीपीएमको परीक्षा तोकिएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार