रामेछाप ।
१३ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उमाकुण्ड गाउँपालिका वडा नम्बर–३ कुभुकास्थलीका संगित सुनुवार पक्राउ परेका छन् ।
नेकपाका स्थानीय नेता समेत रहेका सुनुवारले गाउँकै १३ वर्षिया बालिकालाई मंसिर २ गते जवरजस्ती करणी गरेको उजुरीको आधरमा सुनुवारलाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक यादवका अनुसार सुनुवारले जबरजस्ती करणी गरेको कुरा कसैलाई पनि नभन्नु भनेको कारण बालिकाले उक्त घटनाको बारेमा कसैलाई पनि भनेकी थिइनन्।
तर त्यसपछि पनि सुनुवारले पटक–पटक जबरजस्ती करणीको प्रयास गर्न खोजे पछि बालिकाले आमालाई उक्त घटनाको बारेमा भनेकी थिइन् ।
घटनाको बारेमा थप अनुसन्धानको लागि रामेछाप जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नीरिक्षक यादवले बताउनुभयो ।