पोर्चुगलमा रहेका नेपालीहरुद्वारा भारतीय दूतावास अगाडि बिरोध प्रदर्शन, दुतावासले ज्ञापनपत्र बुझ्नै मानेन ( फोटो फिचर )

लिस्वन ।

पोर्चुगलमा रहेका नेपालीहरुले भारतले नेपाली भूमि अतिक्रमण गरेको बिरोधमा आज लिस्वनमा प्रदर्शन गरेको छन् ।

राजधानी लिस्वनस्थित भारतीय राजदूतावास अगाडी गो ब्याक ईन्डिया लेखेका प्ले कार्ड सहित प्रदर्शन गरेका गैर आवासीय नेपालीहरुले भारतले हालै जारी गरेको आफ्नो देशको भारतीय नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक राखेकोमा चर्को बिरोध मात्रै गरेनन् , नारावाजी समेत गरे ।

सेनालाई कालापानी छोड्न दवाव दिदै नेपालमाथिको हस्तक्षेप बन्द गर्न सहभागीहरुले भारतका बिरुद्ध ” गो ब्याक इण्डिया ” को नारा लगाए।

गैर आवासीय नेपाली संघ पोर्चुगलको अगुवाईमा यहाँ रहेका सम्पूर्ण संघसंस्थाहरुले बिरोध कार्यक्रममा ऐक्यबद्धता जनाए। ३० हजार नेपाली जनसंख्या रहेको भनिएको नेपाली समुदायमा बिरोध कार्यक्रममा मुश्किलले १०० को हाराहारीमा सहभागी रहेका थिए।

दूतावास मार्फत भारत सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहे पनि नेपालीहरुलाई दुतावासभित्र जान नै दिएन र दूतावासले ज्ञापन पत्र बुझ्नै मानेन ।ज्ञापनपत्र बुझ्न नमानेपछि हुलाक मार्फत दूतावासलाई पठाईने जानकारी भोइस अफ नेपाललाई प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार