प्रहरीको जागिर छाडेर लोकल कुखुरा पाल्दै पुर्व लडाकु अनिता

काठमाडौं / माओवादी शान्ति प्रकृयामा आउन भन्दा एक बर्ष अगाडी उनी नेकपा माओवादीमा लागिन् । माओवादी सिद्धान्त बुझेर उनि बिद्रोहमा होमिएकी भने होइनन् । त्यती बेला सरकार र माओवादी दुवै पक्षले उनको घरमै पुगेर दुख दिन्थे ।

त्यहि दुख सहन नसकेर १२ बर्षकी अनिता स्याङ्बो (अनु) जनमुत्ति सेनामा लागिन् । उनि १ बर्षसम्म बन्दुक बोकेरै लागिन् । धेरै ठाउँमा तत्कालिन साहि नेपाली सेनासँग बालबाल बाचिन् । डरडरै माओवादी बनेकी अनु पछि पार्टीकी बफादार सेना बनिन् ।

पार्टी शान्ति प्रकृयामा आएपछि माओवादीको (जनमुक्ति सेनासँगै उनि पनि शिविरमा बसीन् । ‘अब बाहिर बसेर मुलुक बनाउन पर्छ’ उनले शिविरमा बस्दा सोच्न थालिन् । समाजमा पुनःस्थापित हुन उनले जनमुक्ति सेनाबाट स्वएच्छिक अवकाश लिईन् ।

पछि उनि वैदेशिक रोजगारीको लागि दुबई गईन् । उनले दुबई पुलिस भएर काम गरिन् । राम्रो तलब पाउने भएकाले केहि रकम बचत पनि गरिन् । अनुले दुबईमा कामाएको पैसाको सदुपयोग गर्दै अहिले आफ्नै ठाउँमा कृर्षी कर्म लागेकी छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार