“कांग्रेस कहाँ छ भन्नेहरु चितवन र भक्तपुर गएर हेरुन”: विश्वप्रकाश शर्मा

काठमाडौँ।

शनिबार सम्पन्न भएको उपनिर्वाचनको मतपरिणामपछि नेपाली कांग्रेसले आत्मबल बढेको प्रतिक्रिया दिएको छ । यसैबीच चुनावी मतपरिणामबारे प्रतिक्रिया दिन आज सोमबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्मा कांग्रेस कहाँ छ भनेर सोध्नेहरुलाई नेकपाका अध्यक्ष केपी ओलीको घर रहेको भक्तपुर र पुष्पकमल दाहालको क्षेत्र चितवन गएर सोध्न सुझाब दिएका छन् ।

सम्मेलनमा बोल्दै उनले भने “उपनिर्वाचनपछि कसैले नेपाली कांग्रेस कहाँ छ भनेर सोध्यो भने कांग्रेस कहाँ छ भनेर बुझनका लागि प्रचण्डको वडामा गएर कांग्रेस कहाँ छ भनेर सोधे हुन्छ । नेपाली कांग्रेस कहाँ भनेर कसैले सोध्यो भने कमरेड केपी ओलीजी कै घर भएको भक्तपुर जिल्लाको प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेस छ भनेर हामी भन्न चाहान्छौँ । नेपाली कांग्रेस पार्टी यसरी भन्न सकिने गरी यो निर्वाचनमार्फत आत्मबललाई अभिबृद्धि गरेको अवस्थामा छ” ।

उनले प्रधानमन्त्रीको घर भएको भक्तपुरको प्रदेश सभा र प्रचण्डको निर्वाचन क्षेत्र रहेको चितवनका तीन वडामा कांग्रेसले जित हात हासिल गरेपछि यस्तो अभिव्यक्ति दिएका हुन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार