लिम्बुले जिते हङकङमा १६८ किलोमिटर लामो अल्ट्रा दौडको उपाधि

हङकङ |

 

हङकङमा सम्पन्न १६८ किलोमिटर लामो चुनौतीपूर्ण दौड ‘द अल्टिमेट अल्ट्रा ट्रैल रनिङ हङकङ १६८’ को उपाधि हङकङ निवासी यामनाथ लिम्बु हात पारेका छन्।

शुक्रबार सम्पन्न सो दौडमा युक्रेनी र कोरियाली प्रतिद्वन्द्वीहरुलाई पछि पार्दै लिम्बुले उपाधि हात पारेका हुन।उनले निर्धारित दूरी २६ः०१ः५३ सेकेन्डमा पार गरी प्रथम भएका हुन।

युक्रेनका ओलिक्सी मेल्नेक र कोरियाका ह्युन चाङ चुङले निर्धारित दूरी क्रमशः २८ः०७ः१९ सेकेन्ड र २९ः३८ः४० सेकेन्डमा पार गरि दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्।

दौड ताई पोस्थित ताई मे तुक पार्कबाट शुक्रबार अपरान्ह ३ बजे सुरु भएको थियो। झन्डै १२ हजार मिटर उकालो दौड्न पर्ने थियो। सो दौडमा यामनाथले सुरुबाटै अग्रता कायम गरेका थिए। रनिङ करियर मै सबैभन्दा ठूलो उपाधि हात पर्दा आफ्नो सपना साकार भएको भन्दै लिम्बुले नेपालखबरसँग खुसी व्यत्तः गरे।

सो प्रतियोगिताका लागि दौडदा निकै चुनौती खेप्न परेको उनले स्मरण गरे, ‘झन्डै ८०÷९० किलोमीटर छिचोलेर निडल हिल को टुप्पामा आइपुग्दा रात खसेर बिहान भैसकेको थियो। झलमल्ल लागेको घामले तातिरहेको शरीरमाथि झन गर्मी बनाईदियो। रिंगटा लागे झै भयो। अनि थचक्क बसे’, नेपालखबरसँग कुरा गर्दै लिम्बुले भने, ‘आफूले लिड गरिरहेको दौडमा त्यो समस्या आएपछि मन निकै बेचैन भयो। तर, हिम्मत भने हारेको थिइनँ, केही बेर आराम गरेपछि पुनः दौड सुरु गरेँ। बीचबीचमा स्वयंसेवकहरुले हौसला दिँदा थप ऊर्जा प्राप्त हुन्थ्यो। अन्ततः फिनिसिङ लाइन छोएरै छाडे।’ उनले स्वयंसेवक हरुले तिमी पहिलो भयौँ भन्दाको क्षणको आफ्ना लागी सबैभन्दा खुसीको क्षण भएको बताए। ‘स्वयंसेवकहरुले तिमी फस्र्ट भयौ भन्दाको र आफू प्रथम भएको थाहा पाउदको ‘इमोसनल इन्जोएमेन्ट’ भनिसाध्य छैन।’

करिब २ वर्ष अगाबाट मात्र प्रतियोगीको रुपमा भाग लिन सुरु गरेका यामनाथले अहिलेसम्म झन्डै ३ दर्जन पदक तथा ट्रफीहरु जितिसकेका छन् अहिलेसम्म यस्ता ठूला प्रतियोगिताहरु नेपालबाट आएका धावकहरुले मात्र जित्दै आएका थिए। यति ठूलो र लामो दौड जित्ने यामनाथ पहिले हङकङवासी नेपाली हुन।

यामनाथले उक्त दौडको क्रममा हङकङको भु सुन्दरताको दृश्यपान, दुर्गम गाउँहरु, प्राचीन जंगलहरु, प्रकृति गोरेटोहरु, जलाशय र ठाडो पहाडहरू पार गर्दै जित हासिल गरेका हुन।

उक्त दौडको कट अफ टायम ४८ घण्टा तोकिएको थियो। प्रतियोगितामा १६८, ८४, ५५ र २० किलोमिटरको बिधामा विश्वभरका लगभग ५५० धावक धाविकाहरुले भाग लिएका थिए। जितसँगै यामनाथले अन्तर्राष्ट्रिय ट्रैल रनिङ एसोसिएसन बाट ६ अंक प्राप्त गरेका छन्े। जुन नम्बरले युटीएमटी, युटीएमबीजस्ता ठूला दौडहरुमा भाग लिनका निम्ति योग्य हुन मद्दत गर्नेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार