२ सन्तानकी आमा तेक्वान्दो खेलाडी आयशा शाक्य : स्वर्ण जितेपछि श्रीमान दीपक विष्टलाई अंगालो मारेर रोइन !

काठमाडौं |

नेपाली खेलजगतमा तेक्वान्दो खेलाडी दिपक विष्टको विशिष्ट पहिचान छ । विष्टले तेक्वान्दो खेलाडी आयशा शाक्यसँग विवाहा गरेका थिए । सन् २०१० मा बंगलादेशको ढाकामा भएको एघारौं सागमा दीपक र आयशाले स्वर्ण जितेका थिए।

केही वर्षअघि खेल जीवनबाट सन्यास लिएका बिष्ट राखेपकै तेक्वान्दो प्रशिक्षक बने यता आयशा भने उनीसँगै प्रशिक्षण लिन थालिन् ।सन् २०१६ मा भारतमा भएको १२औं सागमा आशया रजत मात्रै सिमित बन्नु पर्यो । यतिबेला २ सन्तानकी आमा बनेकी आयशाले सागमा स्वर्ण जितेर देखाइदिइन् ।

सोमबार उनले तेक्वान्दोको महिला पुम्सेको ३० वर्ष भन्दा माथि विधामा भारतकी खेलाडीलाई पछि पारेर स्वर्ण जितिन्।

स्कोरबोर्डमा भारतीय खेलाडीलाई पछि पारेको अंक देखाउने बित्तिकै उनी भावुक बनेकी थिइन्। त्यसपछि सँगै रहेकी श्रीमान् दिपक विष्टलाई अगाँलो मारेर उनी रोकी थिइन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार