धरानमा कांग्रेस र पोखरामा नेकपाले निकाले विजय र्याली

धरान । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भए पछि नेपाली कांग्रेस धरानले विजयी याली निकालेकाे छ । कांग्रेसका उम्मेदवार तिलक राईले २६ हजार ७ सय ९ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्वन्दी नेकपाका प्रकाश राईको २३ हजार ९ सय १४ मत ल्याएका छन् । २०४७ साल पछिका हरेक निर्वाचनमा बामपन्थीहरुले जित्दैंआएको धरानमा तिलक राइले जितेर इतिहास बनाएका छन् । राइले २७९५ मतान्तरणले जित हासिल गरेका हुन ।

जित पछि राईले आफुले लालकिल्ला तोडेको नभई सबै धराने जनताले आफुलाई विजयी गराएको प्रतिक्रिया दिएका छन् । ‘अव धरानलाई भ्रष्टचारमुक्त शहर बनाउने अभियान चलाउने छु । सबैसँग सहकार्य गरेर धरानको विकास मेरो पहिलो प्राथमिकता हुने छ ।’ राईले यस अघि चुनावी सभामा जनताको प्रतिनीधि भएर काम गर्ने र जनताको सेवा गरे वापत कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका थिए ।

काे हुन तिलक राइ?

बि.स २०४८ सालदेखिपार्टीमा आवद्ध रहि वडा समिति हुदें २०५३ सालमा नेविसंघको नगर सचिव भएका थिए । २०५५ सालमा तरुण दल सुनसरीको सभापति भएको थिए । उनले २०६१ सालमा पार्टीको नगरसचिवको जिम्मेवारी पाए भने २०७३ सालको १३ औंं महाधिबेशन पछि नगरसभापति निर्वाचित भएका थिए । उनी यातायात व्यवसायी समेत हुन । राई किरात राई यायोख्खाको केन्द्रीय निवर्तमान अध्यक्ष हुन । अघिल्लो निर्वाचनमा यायोख्खामा हार व्यहोरेका थिए । सुनसरी उद्योग बाणिज्य संघको निर्वाचनमा समेत पहिलो पटक हारे पछि दोश्रो निर्वाचनमा जित हासिल गरेका थिए । यस्तै २०७४ को स्थानीय तहमा मेयरको टिकट पाउदा स्व तारा सुब्बासँग ४ हजार मतले हारेका थिए ।

धरानमा नेपाली काङ्ग्रेसकाे कम व्याक:

२०७४ को स्थानीय तहको निर्वाचनमा बामले जितेका वडाहरूमा समेत यसपटक नेपाली काङ्ग्रेसले आफ्नो वर्चश्व कायम गर्न सफल भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले धरान–२०, धरान–१७ र धरान–१५ मा मात्रै झिनो मतान्तरले जितेको अवस्था छ । धरान–१८, १९, १६, १४, १३, १२, ११, १०, ९ नम्बर वडामा काङ्ग्रेसले नै अग्रता कायम गरेको छ । यी वडामध्ये २०७४ को निर्वाचनमा १८ र १४ मा मात्रै काङ्ग्रेसले जित हासिल गरेको थियो ।

नेकपाले धरान–२० मा ९ सय ६७ मत प्राप्त गर्दा काङ्ग्रेसले ७ सय ३४ मत प्राप्त गरेको थियो । जहाँ मतान्तर २ सय ३३ थियो । धरान–१९ मा काङ्ग्रेसले ८ सय ७९ मत प्राप्त गर्दा नेकपाले ८ सय १३ मत प्राप्त गरेको थियो । त्यस्तै धरान–१८ मा काङ्ग्रेसले ६ सय ७९ मत प्राप्त गर्दा नेकपाले ५ सय २९ मत प्राप्त गरेको थियो । धरान–१७ मा नेकपाले २ हजार २ सय ६५ मत प्राप्त गर्दा काङ्ग्रेसले २ हजार २ सय २५ मत प्राप्त गरेको थियो । धरान–१६ मा काङ्ग्रेसले २ हजार ३ सय ४१ मत प्राप्त गरेको थियो । जहाँ नेकपाले १ हजार ८ सय ६० मत मात्रै ल्याएको थियो ।

धरान–१५ मा नेकपाले ३ हजार ३ सय ४७ मत प्राप्त गर्दा काङ्ग्रेसले ३ हजार ७९ मत प्राप्त गरेको थियो । धरान–१४ मा काङ्ग्रेसले १ हजार ५७ मत प्राप्त गर्दा नेकपाले ७ सय ३६ मत प्राप्त गरेको थियो । धरान–१३ मा काङ्ग्रेसले १ हजार ६ सय १६ मत प्राप्त गर्दा नेकपाले १ हजार ५ सय ७१ मत ल्याएको छ । धरान–१२ मा काङ्ग्रेसले ८ सय ३३ मत ल्याउँदा नेकपाले ६ सय ३ मत मात्रै प्राप्त गरेको छ ।

त्यस्तै धरान–११ मा काङ्ग्रेसले २ हजार ३ सय ८५ मत प्राप्त गर्दा नेकपाले २ हजार ५८ मत प्राप्त गरेको छ । धरान–१० मा काङ्ग्रेसले ८ सय ३० मत ल्याउँदा नेकपाले ६ सय ४० मत ल्याएको छ । धरान–९ मा काङ्ग्रसले ८ सय ३३ मत ल्याउँदा नेकपाले ५ सय ९७ मत ल्याएको छ । अन्य वडाहरूमा नेपाली काङ्ग्रेसले अग्रता कायमै राखेको छ । तर, धरान–३, ४, ६, ७ र ८ नम्बर वडामा नेकपाले यसअघि वर्चश्व कायम गरेको थियो । यता काङ्ग्रेसले १, २ र ५ नम्बर वडामा जित कायम गरेको थियो । यसरी हेर्दा बिगतमा नेकपाले आफनो बर्चस्व कायम गरेको वडा समेत यसपटक गुमाएको छ । नेकपाको झण्डै बहुमत रहेको वडामा समेत काँग्रेसले यसपटक जित हासिल गरेको छ ।

पोखरामा नेकपाको विजय सभा

पोखरा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा जीत प्राप्त गरेपछि आज पोखरामा विजयसभाको आयोजना ग¥यो । सभामा नेकपाका गण्डकी प्रदेशका इन्चार्ज एवम् मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित विद्या भट्टराईलाई बधाई दिनुभयो ।उहाँले विकास र राष्ट्रियता बचाऊ अभियानमा कम्युनिष्ट पार्टीको विकल्प हुन नसक्ने भन्ने सन्देश उपनिर्वाचनले दिएको उल्लेख गर्दै जनताले सरकारको लिएको विकास निर्माणको नीतिलाई उपनिर्वाचनको माध्यमबाट अनुमोदन भएको स्पष्ट पार्नुभयो ।

राष्ट्रिय स्वाधीनता र ‘समृद्ध नेपाल र सुखी नेपाली’को सरकारको नीतिको पक्षमा जनताको अभिमत रहेको उल्लेख गर्दै उहाँले अर्को पटकको आम निर्वाचनमा नेकपाले दुई तिहाइ स्थानमा जीत प्राप्त गर्ने जिकिर गर्नुभयो । उहाँले स्वतन्त्र, भयरहित र निष्पक्ष रुपमा निर्वाचनसम्पन्न गराउन सुरक्षाकर्मीका साथै निजामती कर्मचारीले खेल्नुभएको भूमिका प्रशंसनीय रहेको जनाउनुभयो ।

नवनिर्वाचित विद्या भट्टराईले सो क्षेत्रका तत्कालीन सांसद रवीन्द्र अधिकारप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँका अधुरो सपनालाई पूरा गर्ने वचनबद्धता प्रकट गर्नुभयो ।जनताले दिएको अभिमत र निर्देशनलाई पूरा गर्न आफु दृढसङ्कल्पित रहेको उल्लेख गर्दै उहाँले सडक खानेपानी, स्वास्थ्य सेवा गुणस्तर बनाउनका लागि प्रतिबद्ध रहने धारणा प्रकट गर्नुभयो । भूमिहीनको समस्यालाई समाधान गर्न एक वर्षभित्रमा लालपुर्जा वितरण गर्ने व्यवस्था मिलाउने जानकारी गराउँदै उहाँले समृद्ध पोखराका लासग स्वास्थ्य तथा शिक्षा, उज्यालो पोखराका लागि विद्युत्का साथै सौर्य ऊर्जाको व्यवस्था, पोखराको आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्रका रुपमा विकास र अन्तर्राष्ट्रियस्तरको खेलकूद मैदान लगायतलाई प्राथमिकता राखिएको स्पष्ट पार्नुभयो ।

नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले जनताको अभिमतलाई व्यवहारमा उतार्नुपर्ने र जनताको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशका सहइन्चार्य एवम् सांसद् खगराज अधिकारीले कास्की क्षेत्र नं २ को जीतले पार्टी एकताको समेत अनुमोदन गरेको भन्र्दैै सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विकास र समृद्धिका लागि चालेका कदमलाई जनताले अनुमोदन गरेको रुपमा लिनुपर्ने धारणा प्रकट गर्नुभयो ।

नेकपाका कास्की इन्चार्ज राजकाजी तमूँले जीतलाई उन्मादका रुपमा नलिइएको र जनताले दिएको जिम्मेवारीलाई पूरा गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । नेकपाका जिल्ला इन्चार्ज कृष्ण थापाले कास्कीलाई भ्रष्टाचारमुक्त र सामाजिक न्यायको जिल्ला बनाउनका लागि पार्टी सङ्कल्पित रहेको बताउनुभयो । नेकपा कार्यकर्ताले पार्टी र पार्टीको चुनाव चिह्नको झण्डा बोकेर पोखरामा विजययात्रा गरेका थिए । महेन्द्रपुलबाट शुरु भएको विजय जुलुस बजार परिक्रमासहित नयाँबजारस्थित प्रदर्शनी केन्द्रको परिसरमा पुगेर सभामा परिणत भएको थियो ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार