पूर्व अधिराजकुमार धिरेन्द्रकि छोरीको यस्तो हर्कत,सामाजिक संजालमा भाइरल (भिडियो हेर्नुहोस)

पुर्व अधिकारजकुमार धिरेन्द्र शाहको कान्छी छोरी उशाना लैला ‘बबा’ शाहको चर्चा नेपालमा चुलिदैँ गएको छ । राजा महेन्द्र विर विक्रम शाहका कान्छा छोरा धिरेन्द्रले तीनवटा विवाह गरे । उनको तीन श्रीमतीबाट ५ छोरीहरु छन् । जेठि श्रीमति प्रेक्षा शाहबाट उनको तीन छोरीहरु छन् । प्रेक्षा पुर्वरानी ऐश्वर्या र कोमलको बहिनि हुन् । उनको तर्फबाट पुजा राज्यलक्ष्मी शाह, सितास्मा र दिलाशाको जन्म भएको थियो । त्यस्तै, माइलि श्रीमति जया पाण्डेको श्रेया शाहको जन्म भएको थियो ।

सर्लिन ग्रेनेसँग विवाह गरेपछि धिरेन्द्रलाई अधिराजकुमारको पदबाट मुक्त्त गरिएको थियो । सलिर्नन र धिरेन्द्रबाट एक छोरीको जन्म भएको थियो । उशाना लैला शाह धिरेन्द्रको कान्छी छोरी हुन् । अहिले उनै उशाना समाजिक संजालमा भाइरल भइरहेकि छिन् । युट्युबर उशानाले विभिन्न भिडियो बनाउने गरेकि छिन् । तौल बढेपछि दुब्लाउनकालागि गरेका प्रयासहरुलाई उशाना युट्युबमा हाल्छिन् । उनले समाजिक संजालमा सार्वजनिक गरेको तस्बिरहरु अहिले भाइरल भइरहेको छ । कतिपयले यो भिडियोमा पुर्व अधिकारजकुमार धिरेन्द्रकि छोरी होइनन् भन्दै कमेन्ट गरेका छन् । हेरौँ उनका भिडियोः

यो पनि पढ्नुहोस |

काठमाडौँ, १६ मंसिर । भन्सार भन्ने बित्तिकै बढी राजस्व सङ्कलन हुने अड्डा र त्यसै कारणले कर्मचारीको पनि रोजाइमा पर्ने भन्ने हुन्छ । तर, झापाको कुमरखोद छोटी भन्सारमा भने यो नियम लागू नहुन पनि सक्छ। द्वन्द्वकालमा विस्तापित र गत माघ १ गतेदेखि सञ्चालनमा आएको यस छोटी भन्सार सञ्चालनका हिसाबले एक वर्ष पुग्न अब केही दिन मात्रै बाँकी छ । तर, आम्दानीका हिसाबले यस भन्सारले अरू भन्सारको एक दिन बराबरको राजस्व पनि सङ्कलन गर्न सकेको छैन ।

भन्सारमा सुब्बा शक्ति जोशी राईको नेतृत्वमा तीन जना कर्मचारी राजस्व सङ्कलनमा खटिएको छ । भन्सार पुनः सञ्चालनमा आए पनि हालसम्म जम्मा दुई लाख ७६ हजार आठ सय सत्ताइस रुपियाँ मात्रै राजस्व सङ्कलन गर्न सकेको भन्सारका कर्मचारी हुप्ना मुर्मुले बताए। भन्सार कार्यालयले सबैभन्दा बढी गत असारमा ६४ हजार १७६ रुपियाँ र सबैभन्दा कम गत भदौमा छ हजार ९७८ रुपियाँ राजस्व सङ्कलन गरेको छ । यसबाहेक भन्सार कार्यालयले गत माघमा १२ हजार ५४६, फागुनमा १९ हजार ८१९, चैतमा १२ हजार ३९१, वैशाखमा २६ हजार ८२६, जेठमा ५२ हजार ८७५, साउनमा ५० हजार २३, असोजमा आठ हजार १३९ र कात्तिकमा २० हजार ६६१ रुपियाँ राजस्व सङ्कलन भएको छ । मङ्सिरको ११ गतेभित्र दुई हजार ३९३ रुपियाँ मात्रै राजस्व सङ्कलन हुन सकेको भन्सार कर्मचारी मुर्मुले बताए। अझ कुनैकुनै दिन एक जना पनि भन्सार काट्न नआउँदा दिनभर भन्सार कुर्नु मात्र परेको भन्सार कर्मचारीको भनाइ छ । गोरखापत्रकर्मी गत बुधबार कुमरखोद छोटी भन्सार दिउँसो ३ बजे पुग्दा सो दिन जम्मा १८० रुपियाँको राजस्व बिल काटिएको पाइएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार