एजेन्सी ।
अमेरिकाको साउथ डाकोटामा विमान दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई बालबालिका र चालकदलका सदस्य रहेको ब्रुल काउन्टी राज्यका न्यायाधिवक्ता थेरेसा मउल रोस्वोले विज्ञप्तिमार्फत जनाएका छन् । १२ जना सवार उक्त विमानमा तीनजना घाइते भएको र उनीहरुलाई उपचारका लागि सिउक्स फल्समा लगिएको बताइएको छ ।
बिहानको समयमा मौसममा खराबी हुँदा विमान दुर्घटना भएको संघीय उड्डयन प्रशासनका प्रवक्ता लिन लुन्सफोर्डले बताएका छन् । विमान इडाहो फल्स क्षेत्रीय विमानस्थलबाट उडेको थियो ।
साउथ डाकोटामा करिब इन्चसम्मको हिउँ परिरहेको कारण उक्त विमान दुर्घटना भएका सिउक्स फल्सस्थित राष्ट्रिय मौसम सेवाले जनाएको छ । संघीय उड्डयन प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको विषयमा थप अनुसन्धान गरिरहेका छन् ।