धर्मगुरु कृष्णदासले आफ्नै अनुयायीलाई करणी गरेको स्वीकारे !
काठमाडौं । आफ्नै महिला अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप लागेका सुनसरी चतराधामका धर्मगुरु कृष्णदास महाराज भनिने कृष्णदास गिरीले आफूबाट गल्ती भएको स्वीकार गरेको अडियो प्राप्त भएको छ ।
काठमाडौंबाट चतराधाम पुगेकी एक महिला अनुयायीलाई गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् ।
उजुरी दर्ता भएपछि कृष्णदासले महिलालाई गरेको फोन रेर्कडमा पटक–पटक आँफूबाट गल्ती भएकाले क्षमा माग्दै कारवाही रोक्न आग्रह गरिरहेको छन् । पीडित महिलाको उजुरीपछि कृष्णदास बिरामी भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा भर्ना भएका छन् ।
को हुन् धर्म गुरु कृष्णदास ?
जबरजस्ती करणीको आरोप लागेका कृष्णबहादुर गिरी उर्फ कृष्णदास महाराजा तथा सिद्धबाबा विगतदेखिनै कहिले दोहोरो नागरिकता, त कहिले सार्वजनिक जग्गा मिचेको आरोपमा विवादमा तानिदै आएका छन् ।
उनको सुरक्षा गार्डका रुपमा सरकारले एक प्रहरी हवल्दार नै खटाएको छ । सोलुखुम्बुबाट कृष्णबहादुर गिरीको नाममा र सुनसरीबाट २०६५ सालमा श्री वैष्णव कृष्णदासको नाममा नागरिकता लिएका बाबाजीको पहुँच राष्ट्रपति, मुख्यमन्त्री, मन्त्री, प्रदेश सरकारदेखि प्रहरीको माथिल्लो निकायसम्म भएको उनका विगतका गतिविधिबाट स्पष्ट हुन्छ ।
सागको तयारीमा रहेकी खेलाडी तुलसा रोजगारीको खोजीमा कतार पुगिन्
काठमाडौं । राष्ट्रिय कीर्तिमानधारी एथ्लेटिक्स धाविका तुलसा घरेलु मैदानमा हुने १३ औँ सागको औपचारिक उद्घाटन हुनु केही दिनअघि वैदेशिक रोजगारीका लागि कतार गएकी छिन् ।
यसपटक दक्षिण एसियाली खेलकुदको ध्यान नेपालमा केन्द्रित भइरहेका बेला बन्द प्रशिक्षणमा रहेकी तुलसाले रोजगारीको खोजीमा नेपाल छोड्दा अझै पनि नेपालमा खेलकुदले मात्रै खेलाडीको जीवन सुनिश्चित छैन्, भन्ने कुरालाई इङ्गित गरेको छ ।
तुलसाले १३ औँ सागमा महिलातर्फ चार सय मिटरसहित दुई वटा स्पर्धामा भाग लिने तय भएको थियो । तुलसा नेपाल आर्मीकी सिपाही हुन् ।