काठमाडौं : किर्तिमानी खेलाडी तुलसा खत्री दक्षिण एसियाली खेलकुद(साग) छोडेर रोजगारी लागि विदेशिएकी छन् । सुर्खेत घर भएकी तुलसा दक्षिण एसियाली खेलकुद (साग)का प्रतिस्पर्धी खेलाडीको ब’न्द प्रशिक्षणमा सहभागी हुँदाहुँदै रोजगारीका लागि विदेश हानिएकी हुन् । सबै खेलाडीलाई काठमाडौंको होटलमा राखेर प्रशिक्षण दिइरहेका बेला कीर्तिमानी खेलाडी तुलसा बिहीबार बिहान मन्दिर जान्छु भन्दै ढाँटेर कतार पुगेकी हुन् ।
गरिबीकै कारण तुलसाले मुखमै आएको साग छोडेर विदेशिए सँगै नेपाली खेलाडीहरुको मनोदशा सजिलै अनुमान गर्न सकिन्छ । सरकारले राष्ट्रको गहना भनेर चिनिने खेलाडीलाई उच्च सम्मान गरेको देखिदैन भन्छन् सरोकारवालाहरु । खेलाडीका लागि लगानी गर्न नसकेको उनीहरुको आ’रोप छ ।
‘प्रतियोगिताको मुखैमा हामी सबैलाई ढाँ’टेर विदेश भागिन्’, एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङले भने, ‘उनीबाट हामीले गतिलो आशा गरेका थियौं। यो घटनाले हामी स्त’ब्ध छौं।’ गुरुङका अनुसार तुलसा पूजा गर्न मन्दिर जान्छु भन्दै बिहान ५ः३० बजे होटलबाट बाहिरिएकी थिइन्। ‘होटलका गार्डलाई उनले पूजा गर्न मन्दिर हिँडेको भनेर ढाँ’टिछन्’, उनले भने, ‘हातमा पूजाको थाली पनि बोकेकी रैछन्।’ उनले कतारका लागि बिहान ९ः३० बजे बोर्डिङ पास लिएको पाइएको प्रमुख प्रशिक्षक गुरुङले बताए।
सागमा नेपालले पदकको आशा गरेको खेलाडी थिइन उनी । अघिल्लो महिना चीनको उहानमा आयोजित सातौं विश्व सै’निक गृष्मकालीन खेलकुद प्रतियोगितामा उनले महिला ४ सय मिटर दौडमा १० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तो’डेकी थिइन्। त्यति मात्रै होइन उनले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत दाङमा भएको ४ सय मिटर दौडमा पनि स्वर्णपदक जितेकी थिइन्। एथलेटिक्सका प्रमुख प्रशिक्षक गुरुङका अनुसार यसपालिको सागमा उनले ४ सय मिटर दौड, ४ सय मिटर रिले र ४ सय मिटर हर्डल्समा प्रति’स्पर्धा गर्ने तय थियो।
उनी मन्दिर जान्छु भनेकाले कसैले खासै वास्ता गरेनन्। दिउँसोसम्म पनि सम्पर्कमा नआएपछि मात्र ग’म्भीर रूपमा उनको खोजी हुन थालेको थियो । तुलसाका प्रशि’क्षक राकेश वज्राचार्यले उनी प्र’शिक्षणमा उपस्थित नभएको जानकारी सम्बन्धित अधिकारीहरूलाई गराएका थिए। त्यसपछि उनका साथीहरूसँग सोधखोज हुँदा तुलसा वैदेशिक रोजगारीका लागि सुटुक्क कतार हिँडेको पत्ता लागेको थियो। तुलसाले विभागीय टोली त्रिभुवन आर्मी क्लबका तर्फबाट प्रतियोगिता खेल्दै आएकी थिइन्।