लिस्बन, पोर्चुगल।
पोर्चुगलको सन्तारममा छुरा प्रहार गरी एक २४ बर्षीय युवाको हत्या भएको छ।
संदिग्ध व्यक्ति घटनापछि एक रेस्टुराँमा लुकेर बसेका थिए। GNR सैन्य कर्मीहरूले उनलाई पक्राउ थिए। सन्तारमको कमनडोर रेस्टुरेन्टभित्र करिब ३ बजे बिहान एक २४ बर्षिय जवान र ५६ बर्षीय बृद्धबिच विवाद शुरु भयो। विवादपछि दुबैले रेस्टुराँ छोडे र पीडित कारमा बिदा हुन गए।
यत्तिकैमा ति ५६ बर्षीय बृद्धले हतियार लिएर कार नजिक आए र गोलीबारी शुरु गरे। त्यसपछि धारिलो छुरा कारभित्र भएका २४ बर्षीय युवाको छात्तिमा प्रहार गरे, जसका कारण उनको मृत्यु भयो।
घटनापछि उक्त संदिग्ध व्यक्तिल रेष्टुरेन्ट भित्र लुकेर बसेको अवस्थामा जीएनआर सेनाका कर्मचारीहरूले उनलाई पक्रे। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।