बलिउड अभिनेत्री अनन्या पाण्डेले यतिबेला आफू एकदमै खुसी भएकी बताएकी छन्।
उनी खुसी हुनुको कारण भने बडो रोचक छ। फिल्म ‘पती, पत्नी और वो’को मुख्य भूमिकामा रहेकी यी अभिनेत्रीले आफ्नो खुसीको कारण सामाजिक सञ्जालमा व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमा रिल र रियल दुवै जीवनको चर्चाका गर्न रुचाउने यी अभिनेत्रीको खुसीको कारण भने रेडियोमा बजेको गीत रहेको छ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले आफू अभिनित फिल्म ‘पति पत्नी और वो’को गीत रेडियोमा सुन्नेपछि आफू एकदमै खुसी भएको बताएकी छन्। ‘फिल्म पति पत्नी और वो को गीत रेडियोमा सुने, एक्दमै खुसी छु’, उनले लेखेकी छन्।
मुदस्सर अजिजको निर्देशनमा बनेको यो फिल्म आगामी डिसेम्बर ६ बाट प्रदर्शनमा आउँदैछ। फिल्ममा अनन्या र कार्तिक आर्यन मुख्य भूमिकामा छन्। उनले यो फिल्ममा आर्यानको सेक्रेटरीको भूमिका निर्वाह गरेकी छन्। यी दुईका अलावा फिल्ममा भूमि पेडनेकर। पनि शीर्ष भूमिकामा छिन्।
यो फिल्मको ट्रेलर र गीत यसअघि नै रिलिज भएको छ। गीत र ट्रेलर दुवै दर्शकको रोजाइमा परिसकेका छन्।