सन्तोष र मीनाको ‘लप्पन छप्पन’ म्युजिक भिडियो सार्बजनिक

काठमान्डौ
गायक सन्तोष अधिकारी र गायिका मीना निरौलाले नयाँ म्युजिक भिडियो आफ्ना दर्शकमाझ ल्याएका छन् । ‘लप्पन छप्पन’ बोलको गीतमा वरिष्ठ गीतकार राजेन्द्र थापाको शब्द, सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा चर्चित गायिका मीना निरौला र सन्तोष अधिकारीको स्वर रहेको यो गीतमा दिलिप रायमाझी र नायिका नीता ढुंगानाले अभिनय गरेका छन्।

हालै सार्वजनिक भएको गीतको भिडिओमा स्मृति तिमिल्सिनाको नृत्य निर्देशन तथा वीरेन्द्र भाटको छायांकन र सम्पादन छ। भिडिओलाई हेमप्रभासले निर्देशन गरेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार