एजेन्सी।
हरेक परिवारमा आत्मियता हुनु आवश्यक छ । पति पत्नीबीच हुने आपसी समझदारीले परिवारमा ठुलो अहम भुमिका खेल्ने गर्छ । जब उनीहरुबीच सम्बन्ध बिग्रिन थाल्छ तब उनीहरुले देखेका धेरै सपनाहरु चक्नाचुर हुने गर्छन् ।महिलाको धेरैजसो चाहना उनको घर र श्रीमानसँग टिकेको हुन्छ । घरमा पूरा नभएपछि उनीहरुलाई फिक्का महसुस लाग्न थाल्छ । सामाजिक स्थिति पनि बनेको हुँदैन ।
महिला केवल घर र छोराछोरीमा सीमित हुन्छन् । यसले गर्दा कुरा शेयर गर्नका लागि आफ्ना साथी पनि बनाएका हुँदैनन् । यस्ता कारणले पनि निद्रा कम बन्ने गर्छ ।भावुकता मान्छेलाई निद्रा नलाग्नेको एउटा महत्वपूर्ण कारण हो । महिला चाहे हाउसवाइफ होस् या चाहे वर्किङ, महिलाले धेरै जिम्मेवारी निभाउनुपर्ने हुन्छ । उनलाई घर, अफिस, परिवार, बच्चा सबैको ख्याल गर्नुपर्ने हुन्छ ।
निद्रा नलाग्नुको एउटा कारण हो कि, थोरै समयमा धेरै काम गर्नुपर्ने वाध्यता । बिहेपछि महिलाले आफ्नो बारेमा भन्दा परिवारको लागि सोच्न थाल्छिन् । यदि महिला आफ्नो श्रीमानसँग सुरक्षित महसुस गर्दिनन् भने उनलाई निद्रा लाग्दैन ।कुनै परिस्थितिमा श्रीमान साथै भएर पनि बात नहुने स्थिति भयो भने उनलाई असहज हुने गर्छ । कुराकानी नहुँदा पनि महिलाको निद्रा हनन हुने गर्छ ।
मतभेद गहिरो हुँदाका साथ श्रीमानसँग निकटता कम हुन लागेपछि महिलालाई असुरक्षित महसुस हुने गर्छ । जसले उनीहरु सुत्न सक्दैनन् ।सन्तुष्टिले पनि महिलाको निद्रामा महत्वपूर्ण भूमिका निभाएको हुन्छ । कुनै समय कामको व्यस्तताले पति पत्नीबीच सम्बन्ध हुन पाउँदैन ।
थकानले पनि शारीरिक सम्पर्क नहुने स्थिति आउँछ । जब यस्तो खालको स्थितिको सृजना हुन्छ, तब महिलालाई सम्बन्धको दूरी टाढा भएको महसुस हुन्छ । श्रीमानको पूरै माया नपाउने भयले पनि पत्नीको निद्रा लोप हुने गर्छ ।