काठमाडौँ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मौजुदा मन्त्रिपरिषदमा हेरफेर भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पुर्नगठित मन्त्रिपरिषदमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी नेकपाका रामेश्वर राय यादवले पाएका छन । यसअघि नेकपाका गोकर्ण विष्ट श्रम मन्त्री थिए ।
तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रहेका रामेश्वर राय स्थानीय चुनावको पूर्वसन्ध्यामा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नयाँ मन्त्रीको शपथ बिहीवार हुने भएको छ ।