सहाराको खोजीमा अनाथ बालबालिका

धनगढी।

कैलालीको दुई अनाथ बालबालिका सहाराको खोजीमा छन् । धनगढी उपमहानगरपालिका–१ ओमशान्ति टोलका १० वर्षीया प्रशंसा पुरी र सात वर्षीय तेजबहादुर पुरी समस्यामा परेका हुन ।

तीन वर्ष अगाडि उनीहरुको बुबाको मृत्यु भएको थियो । बुबाको मृत्यु भएको एक वर्षपछि उनीहरुको आमा पनि दोस्रो विवाह गरेर अन्तै गएको स्थानीयले जनाएका छन् । आमाले पनि छोडेर गएपछि दुवै बालबालिकाको बिचल्ली भएको छ । उनीहरु आफ्नो ठूलो बुबाआमाको घरमा बस्दै आएको स्थानीय श्याम पाठकले जानकारी दिए ।

‘धेरै पढ्ने रहर भएका दुवै बालबालिकालाई समस्यै समस्या छ’, उनले भने–‘अहिले विद्यालय भर्ना भए पनि समस्याले गर्दा उनीहरु नियमित विद्यालय जान सकेका छैनन् ।’ पढ्ने इच्छा भएका दुवैले इच्छा दबाएर बस्नु परेको र पढाइमा केन्द्रित हुन नसकिरहेको पाठकले जनाए ।

स्थानीयका अनुसार तेजबहादुर पढाईमा अब्बल छन् । यसैगरी, प्रशंसालाई प्राविधिक शिक्षा पढ्ने रहर छ । तर, उनीहरु राम्रोसंग स्कुल जान नपाएको र पढाईमा केन्द्रित हुन नसकेका कारण भविष्यको चिन्ता बढेको पाठकले जनाए । उनीहरुको पढाइका लागि ठूल बुबाआमा र आफन्त विष्णु पुरीले सहयोग गर्दै आएका छन् ।

बालबालिकालाई सहयोगको खाँचो रहेको पाठकले बताए । उनले बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थालाई सहयोगका लागि आग्रह पनि गरेका छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार