फ्रयांकफ्रर्ट, जर्मनी ।
जर्मनीमा भारतीय दूतावास अगाडि नेपालीहरुको विरोध प्रदर्शन गरेका छन्।” ब्याक अफ इण्डिया ” लेखिएको प्लेकार्ड सहितको नारा लगाउदै त्यहाका नेपालीहरुले बिरोध प्रदर्शन गरेका हुन्।
भारतले नेपाली सीमा मिचेर नयाँ नक्सा सार्वजनिक गरेको भन्दै त्यसको विरोधमा गैरआवासीय संघले विरोध प्रर्दशन गरेको हो । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भूभागमा समेटिएको बिरुद्ध एनआरएनहरुले विरोधस्वरुप त्यहाँको भारतीय दूतावास अगाडि विरोध गरेका हुन् ।
एनआरएन जर्मनी, प्रवासी नेपाली एकता मन्च जर्मनी, नेपाली जनप्रगतिशील मोर्चा, जर्मनीको संयुक्त आयोजनामा भारतले नेपाल माथी गरेको सीमा अतिक्रमणको बिरुद्धमा फ्रयान्कफर्टको भारतीय वाणिज्यदूतावास अगाडी विरोध प्रदर्शन भएको छ । उक्त विरोध प्रदर्शनमा जर्मनीका बिभिन्न शहरबाट नेपालीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।
एनआरएन जर्मनीको नेतृत्वमा अन्य संघसंस्थाले एकसाथ मंगलबार फ्रयांकफ्रर्टमा विरोध प्रदर्शन गरे ।एनआरएन आइसीसी अध्यक्ष कुमार पन्तसहित विरोध प्रदर्शन कार्यक्रममा नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन प्रवासी नेपाली एकता मन्च, जर्मनीका महासचिव सागर पोख्रेलले गरेका थिए भने बक्ताहरुमा क्रमश: नेपाली जनप्रगतिशील मोर्चा, जर्मनीका अध्यक्ष शेरबहादुर तुम्बापो, प्रवासी नेपाली एकता मन्च, जर्मनीका संयोजक चन्द्रकान्त आचार्य, एनआरएनए जर्मनीका अध्यक्ष हरी न्यौपाने र एनआरएनए आईसिसी अध्यक्ष कुमार पन्त थिए । कार्यक्रममा इनास ग्लोबलका अध्यक्ष कमला दाहाल, गोर्खा समाज जर्मनीका अध्यक्ष बासु अर्याल, चौतारी समाज जर्मनीका अध्यक्ष कृष्ण प्रशाद गौतम लगायतको उपस्थिती रहेको थियो ।
बक्ताहरु सबैले भारतले नेपाल माथि गरेको सिमा अतिक्रमण, सबैखाले भारतीय ज्यादतीको बिरोध र असमान सन्धी सम्झौताहरुको खारेजीको माग गर्दै कडा शब्द भ्रत्सर्ना गरेका थिए । साथै नेपाल सरकारले यो बिषयलाई गम्भीरतापूर्वक लिदै आवश्यक कुटनैतीक पहलद्वारा समाधान गर्न खबरदारी र अनुरोध गरिएको थियो ।
भारतले नेपाल माथि गरेको अन्यायपूर्ण सीमा अतिक्रमणको विरोधमा आयोजित कार्यक्रममा वाणिज्यदूतावास भवन अगाडि ‘नेपाली एकता जिन्दावाद, ब्याक अफ इन्डिया, गो ब्याक इन्डिया, भारतीय हस्तक्षेप बन्द गर, भारतीय सेना फिर्ता गर, लिम्पियाधुरा लिपुलेक कालापानी हाम्रो हो’ जस्ता राष्ट्रवादी नारा लगाइएको थियो ।
बिरोध ज्ञापन पत्रको नेपाली संस्करण एलसिसी बायार्न संयोजक खड्क न्यौपाने र अंग्रेजी संस्करण नेपाली जनप्रगतिशील मोर्चा यूरोपका महासचिव डा सुबर्ण बाबु सापकोटाले बाचन गरिसके लगत्तै ज्ञापन पत्र भारतीय वाणिज्यदूतावासमा बुझाईएको थियो । अन्तमा कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी तथा स्थानीय सुरुक्षाकर्मीहरुलाई धन्यवाद ब्यक्त गर्दै बिरोध कार्यक्रम समापन भएको थियो ।