यादका बाडुलीहरु

तिम्रो यादको बाडुली बोकेर !
पर -पर पैताला कुदाइ रहेछु !!

नमेटिने प्यासको झरी झरेर !
आँखाभरी अनिदो बिहान जो बाचिरहेछु !!

कोहि त बताइदेला लुकि झरेका झरनाहरुको संगित !
या बताइदेला बतासले तिमीले गाउने गितका सुरहरु !!

लैजाने छु तिम्रा केशहरुको बादल आफ्नै छायासग !
र बर्षने छु मरुभूमिमा एक छिमल वर्षा !!

उडि जाने छु भुवा जस्तै उकालै उकालो आकाशतिर !
र सोध्ने छु, सुसाइ रहने बहेलीलाई, तिम्रा हिडाइहरुको खेती !!

जहाँ रहनेछ्न डोब भित्र तिम्रा आकृतिहरु !
जहाँ रम्नेछन तिम्रा यादका बाडुलीहरु !!

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार