जसले भारतले राखेको बोर्ड फालेर नेपालको झन्डा फहराए !

– प्रकाश नेपाल , इलाम ।

भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा समावेश गरेपछि विरोध जनाउँदै आएको अनेरास्ववियु इलामले शनिबार सन्दकपुरमा प्रदर्शन गरेको छ ।

प्रदर्शनकाक्रममा विद्यार्थीहरुले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमामा पर्ने नेपाली भू–भागमा राखेको फोटो खिच्न तथा निषेधित क्षेत्र लेखेको बोर्ड उखेलेर फ्याँकेका छन् ।

एसएसबीले सन्दकपुरको सबैभन्दा अग्लो भागमा जाने बाटोमा उक्त बोर्ड राखेको थियो ।विद्यार्थीहरुले भारतविरोधी नारा–जुलुस गर्दै त्यहाँ नेपालको राष्ट्रिय झन्डा गाडेका छन् ।

प्रदर्शनकाक्रममा एसएसबीसँग सामान्य भनाभनसमेत भएको अनेरास्ववियु इलामका अध्यक्ष प्रवेश पराजुलीले बताए ।सन्दकपुर गाउँपालिकाको अग्लो स्थानमा निर्माण थालिएको ‘भ्यू टावर’मा एसएसबीले उक्त स्थान भारततर्फ पर्ने भन्दै निर्माणकार्य रोकेको थियो ।

सो स्थानमा विद्यार्थीहरुले नारा–जुलुससहित नेपाली झन्डा फहराएका हुन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार