ठमेलको एक नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्र र हिमानी शाहको डान्स ( फोटोफिचर र भिडियो )

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवार बेलाबखत रेष्टुरेन्ट, नाइट क्लब र बारमा देखिने गर्छन ।

लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा ज्ञानेन्द्र परिवारको जमघट बाक्लै रुपमा हुनेगर्छ । तर यसपटक उनी ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिन भ्याए । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेर खानपिन मात्र गरेनन् उपस्थितहरुसँग ‘रातो र चन्द्र सूर्य’ गीतमा डान्स पनि गरे ।

पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति थिइन् । उनले पनि नाचेर शुभेच्छुकहरुलाई मजा दिलाइन । कोमल बाहेक ज्ञानेन्द्र परिवारका अन्य सदस्य पनि क्लबमा पुगेका थिए । सयौं शुभेच्छुकहरुसँग उनीहरुले पनि मजा लिएका थिए । काठमाडौं बाहिर भएकाले पारस शाह भने त्यहाँ उपस्थित थिएनन् । पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाएका थिए ।

रुदिक श्रेष्ठलगायतको टिमले संचालनमा ल्याएको नाइट क्लबमा तन्नेरीहरुको रोजाइमा पर्ने गरेको भए पनि शनिबार राती पूर्व राज परिवारका सदस्य र कलाकारहरु पुगेका थिए ।

साँझ १० बजे क्लब छिरेका शाह १ बजे बाहिरिएका थिए । शाह क्लबमा छिरेपछि शुभेच्छुकहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ भन्ने नारा पनि लगाएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार